इजलासमा फर्किए सर्वोच्चका सबै न्यायाधीश

आजदेखि न्यायाधीशहरू मीरा खड्का, दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, सुष्मलता माथेमालगायतका न्यायाधीशहरुले पनि नियमित पेशीका मुद्दाहरु हेर्न थालेका हुन्।

नेपालभ्युज

इजलासमा फर्किए सर्वोच्चका सबै न्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १३ न्यायाधीश पनि इजलासमा फर्किएका छन्। बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने भन्दै इजलास बहिस्कारमा रहेका न्यायाधीश इजलासमा फर्किएका हुन्।

आज सर्वोच्चमा नौवटा संयुक्त तथा एक एकल इजलास गठन भएका छन् भने कुल २२२ मुद्दा पेशी चढेका छन्।

आजदेखि न्यायाधीशहरू मीरा खड्का, दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, सुष्मलता माथेमालगायतका न्यायाधीशहरुले पनि नियमित पेशीका मुद्दाहरु हेर्न थालेका हुन्।

यसअघि न्यायाधीशहरुको समूहबाट बमकुमार श्रेष्ठसहितका ५ न्यायाधीशहरुले विद्रोह गरेर इजलासमा बस्न थालेका थिए। न्यायाधीशहरुले हिजो बिहीबार फुलकोर्ट बैठक राखेर निर्णयहरु गरेपनि आजदेखि इजलासमा बसेका हुन्।

आज इजलासमा फर्किएका न्यायाधीशहरुले तामेली, निवेदन फिर्ता, मिलापत्र र आदेश तथा फैसला संसोधनका मुद्दा हेर्न थालेका हुन्। उनीहरुले दोहोरो सुनुवाइ गर्नुनपर्ने मुद्दाहरु हेर्न थालेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved