बाबा रामदेवको नजरमा देउवा साधु स्वभावका, प्रचण्डको हृदय कोमल

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रामदेवले कोमल हृदय भएको व्यक्तिको संज्ञा दिएका छन्।

नेपालभ्युज

बाबा रामदेवको नजरमा देउवा साधु स्वभावका, प्रचण्डको हृदय कोमल

काठमाडौं। योग गुरु तथा भारतीय आयुर्वेदिक ब्राण्ड पतञ्जलीका संस्थापक बाबा रामदेवले प्रधानमन्त्री शेरबहादुर देउवालार्य साधु नेता भएको बताए।

पतञ्जली योगपिठले नेपालमा शुरु गर्न लागेको टेलिभिजन च्यानल शुभारम्भ कार्यक्रममा रामदेवले देउवाको प्रशंसा गर्दै साधुको उपमा दिएका हुन्। उनले अन्य नेपाली नेताहरुको पनि प्रशंसा गरेका छन्।

कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रामदेवले कोमल हृदय भएको व्यक्तिको संज्ञा दिएका छन्। उनले प्रचण्ड बोल्दै गरेको पहिलोपटक देख्दा आफू छक्क परेको बताए।

रामदेवले आफूले पहिल्यै प्रचण्डलाई टीभीमा बोल्दै गरेको देखेको र उनको भाषणले आफू छक्क परेको बताए। त्यसबेला उनलाई प्रचण्ड खतरा रहेछन् भन्ने लागेको थियो।

तर, नाम प्रचण्ड भए पनि हृदय निकै कोमल भएको भन्दै रामदेवले प्रचण्डको बयान गरे। उनले आफू उही व्यक्तिको छेउमा हुनेछु भन्ने नसोचेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved