बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदो रहेछ – प्रचण्ड

नेपालभ्युज

बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदो रहेछ – प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्डले योगगुरु रामदेवलाई  वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन्।

काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “जहिलेदेखि बाबा रामदेवसँग मेरो सामीप्यता भयो। कता कता पहिला त लाग्थ्यो रुढिवादी परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो तर उहाँ वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदो रहेछ। उहाँले योगको माध्यमबाट आरोग्यतिर लैजानुभयो। महान् योगमूलक उद्योग स्थापना गर्नुभयो।”

रामदेवले योगलाई एउटा क्रान्तिमार्ग देखाएको उनले भनाइ थियो। आचार्य बालकृष्ण र रामदेवको खुलेर तारिफ गरेका उनले यी दुईलाई जुम्ल्याहा दाजुभाइको संज्ञा दिए।

प्रचण्डलाई भेट्न रामदेव र बालकृष्ण बिहीबार अपराह्न खुमलटारस्थित प्रचण्ड निवासमा गएका थिए। नेपालमा टेलिभिजन सञ्चालनको योजना बनाएका उनी सोही सिलसिलामा काठमाडौं आएका हुन्।

नेपालमा स्याटलाइटमार्फत पतञ्जलि र आस्था नेपाल टेलिभिजन प्रशारण गर्ने योजनाअनुसार उनी काठमाडौं आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved