सर्‍यो राप्रपाको महाधिवेशन

अब पार्टीको महाधिवेशन सरेर १५ देखि १७ मंसिरमा आयोजना हुन लागेको हो।

नेपालभ्युज

सर्‍यो राप्रपाको महाधिवेशन

काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ।

केन्द्रीय सचिवालयको बैठक बसेर महाधिवेशनको मिति परिवर्तन गरेको हो। अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले मिति सार्ने निर्णय लिएको हो ।

यसअघि ११ देखि १३ मंसिरमा आयोजना गर्ने तयारी गरिएको पार्टीको महाधिवेशन सरेर १५ देखि १७ मंसिरमा आयोजना हुन लागेको हो।

आन्तरिक तयारीको प्राविधिक समस्या देखाउँदै पार्टीले महाधिवेशनलाई दुई दिनपछि सारेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved