आज ५८० वर्ष यताकै लामो चन्द्र ग्रहण लाग्दै

खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो। आजको चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटमा शुरु भएर ४ बजेर ३२ मिनेटसम्म रहनेछ।

नेपालभ्युज

आज ५८० वर्ष यताकै लामो चन्द्र ग्रहण लाग्दै

काठमाडौं। आज ६ शताब्दी यताकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ। आजको चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ।

पछिल्लो ५८० वर्षमा पहिलोपटक यो अवधिको चन्द्र ग्रहण लाग्न लागेको हो। आजको चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण पनि हो।

आजको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग छोपिने बताइएको छ। यसअघि सन् १४४० फेब्रअरी १८ मा सबैभन्दा लामो भन्द्र ग्रहण लागेको थियो।

अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्र ग्रहण लाग्ने खगोलविद्हरुले बताएका छन्। आजको चन्द्र ग्रहण एशिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिनेछ।

खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो। आजको चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटमा शुरु भएर ४ बजेर ३२ मिनेटसम्म रहनेछ।

पौराणिक कथा अनुसार भगवान र राक्षसहरु मिलेर समुद्र मन्थन गर्दा निस्किएको अमृतपानमा भएको जालझेलका कारण ग्रहण लाग्ने गर्छ।

कथाअनुसार देवता र राक्षसहरु मिलेर समुद्र मन्थन गर्दा अमृत निस्कियो। त्यसलाई खानेबेलामा देवताहरु र राक्षसहरुबीच मतभेद उत्पन्न भयो।

सोही मतभेद निराकरणका लागि भगवान विष्णुले मोहिनी रुप धारण गरेर अमृत बाँड्ने जिम्मेवारी पाए। उनले छल गरेर देवताहरुलाई मात्रै अमृत पिलाए। तर, राहु नामको राक्षसले देवताको रुप धारण गरेर अमृत पिए।

राहुले पनि अमृत पिएको कुरा सूर्य र चन्द्रलाई थाहा भयो। उनीहरुले विष्णुलाई राहुने अमृत पिएको कुरा बताए। त्यसपछि विष्णुले राहुलाई मार्न प्रयास गरे पनि अमृत पिएका कारण राहु मरेन।

राहुले आफ्नो बारेमा कुरा लगाएको भनेर बेलाबेला सूर्य र चन्द्रलाई दुःख दिने गर्छ। राहुले चन्द्र र सूर्यलाई समातेर दुःख दिएको बेला ग्रहण लाग्ने गरेको पौराणिक कथन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved