शहीद स्मारक ए डिभिजन लिग आजदेखि, उद्घाटनमा सातदोबाटो र फ्रेन्डस् भिड्दै

कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनमा रहेका १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

नेपालभ्युज

शहीद स्मारक ए डिभिजन लिग आजदेखि, उद्घाटनमा सातदोबाटो र फ्रेन्डस् भिड्दै

काठमाडौं। शहदि स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ। घरेलु शीर्ष डिभिजनको लिगको उद्घाटन खेलमा आज सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने पाँच बजे खेल शुरु हुनेछ। बी डिभिजन लिगको उपाधि जितेर शीर्ष डिभिजनमा आएको सातदोबाटोले लिगको उद्घाटनमै फ्रेन्डसँग खेल्न लागेको हो।

सातदोबाटो पहिलोपटक ए डिभिजन लि खेल्दैछ। यता लामो समयदेखि लिग खेल्दै आएको भए पनि फ्रेन्डस्ले पनि लिग अहिलेसम्म लिग उपाधि जितेको छैन।

कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनमा रहेका १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। लिगको अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved