राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते

नेपालभ्युज

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते

काठमाडौं। सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदै छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिति तोकेको रक्षामन्त्री मीनेन्द्र रिजालले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो।

राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालसहितका २० सदस्यको पदावधि सकिँदै छ। संवैधानिक व्यवस्था अनुसार एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने कानुनी व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved