सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ

सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ

काठमाडाैँ। सर्वोच्च अदालतमा बिहीबार बन्दी प्रत्यक्षीकरण सबैखाले मुद्दामा सुनुवाइ भएको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरण सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए। तीमध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र डा कुमार चुँडालको संयुक्त इजलास, न्यायाधीश टङ्कबहादुर  मोक्तान र कुमार रेग्मीको संयुक्त इजलास, न्यायाधीश तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण सबैखालको मुद्दामा सुनुवाइ भएको हो।

प्रधानन्यायाधीश राणाले  नौवटा इजलासमा पेसी तोकेका थिए। उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका थिएनन्। पेसीमध्ये एउटा पूर्ण इजालास, सात वटा संयुक्त र एउटा  एकल इजलासमा रहेको थियो।

गत ७ कात्तिकदेखि प्रधानन्यायाधीशमाथि विभिन्न प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए। सर्वोच्च अदालतमा गत  ८ कात्तिकदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए।

पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय  तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुँडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहेका छन्। अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved