एम्बुलेन्स निर्देशिका सच्याउन चालक संघको माग

मेडिकल माफियाहरुको योजना अनुसार निर्देशिका जारी भएको भन्दै संघले नियमित सञ्चालनमा रहेका एम्बुलेन्सको नविकरणलाई सहज,अनुकुलता अनुुसार एम्बुलेन्स सञ्चालन गर्न पाउने गरी निर्देशिका सच्याउन माग गरिएको छ।

नेपालभ्युज

एम्बुलेन्स निर्देशिका सच्याउन चालक संघको माग

काठमाडौं। सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका सच्याउन संयुक्त एम्बुलेन्स चालक संघ नेपालले माग गरेको छ। संघले बिहीबार विज्ञप्ती जारी गरी निर्देशिका अनुुसार एम्बुलेन्स सेवा सञ्चालनमा समस्या हुने भन्दै सच्याउन माग गरेको हो।

निर्देशिकाको दफा ११ मा अस्पतालहरुले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने, सहकारी अस्पतालको सम्झौताको आधारमा नवीकरण सिफारिस गर्ने निर्णयले देशभरका ६ हजार एम्बुलेन्स श्रमिकहरु मारमा परेको विज्ञप्तीमा उल्लेख छ। मेडिकल माफियाहरुको योजना अनुसार निर्देशिका जारी भएको भन्दै संघले नियमित सञ्चालनमा रहेका एम्बुलेन्सको नविकरणलाई सहज,अनुकुलता अनुुसार एम्बुलेन्स सञ्चालन गर्न पाउने गरी निर्देशिका सच्याउन माग गरिएको छ।

संघका अध्यक्ष नवराज लामिछानेले निकालेको विज्ञप्तीमा निर्देशिका नसच्याउँदा आउन सक्ने परिस्थितिको सरकार पक्ष नै जबाफदेही हुने उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved