बक्सिङमा सुवास र प्रदीप भिड्ने

नेपालभ्युज

काठमाडौं। त्रिभुवन आर्मी क्लबका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५१ केजी स्पर्धाको फाइनलमा प्रवेश गरेका छन्।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गर्दै अन्तिम भिडन्त पक्का गरेका हुन।

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउँदै फाइनलमा प्रवेश गरे। फाइनलमा उनको भेट भीपीबीसीका उपास गुरुङसँग हुने छ। अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराएका थिए। पुरुष ५७ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए। पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे। पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपीएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुगे।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले आरडीएसकी रमिशा श्रेष्ठ र एचटुओकी अस्मिता दुवालले एपीएफकी सावित्री तामाङ, ५० केजीमा नक्सालकी डेनिका राईले कास्कीकी सोनिया बरुवाल र एपीएफकी माला राईले बक्समान्डुकी प्रतीक्षा अर्याल तथा ५२ केजीमा नक्सालकी शिला राईले आर्मी ‘बी’ की आरती तामाङ र आर्मीकी ललिता महर्जनले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved