कानून व्यवसायीमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

नेपालभ्युज

कानून व्यवसायीमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। सर्वोच्च अदालतमा आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको भन्दै आयोगले अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको हो।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरलाई आग्रह गरेका छन्। बिहीबार दिउँसो सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन मूल गेटमा धर्नामा बसेका कानून व्यवसायीमाथि प्रहरीले लाठी प्रहार गर्दा बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानून व्यवसायी घाइते भएका छन्।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट उक्त आन्दोलनको निरन्तर अनुगमन गरिरहेको बताएको छ। आयोगका मानव अधिकार अधिकृतहरूको टोलीले बिहीबार सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved