शिवम् सिमेन्टले गर्‍यो एक हजार बढी निर्माणकर्मीको दुर्घटना बीमा

नेपालभ्युज

शिवम् सिमेन्टले गर्‍यो एक हजार बढी निर्माणकर्मीको दुर्घटना बीमा

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीका लागि ५ लाखको दुर्घटना बीमा गरेको छ। कम्पनीले देशका विभिन्न स्थानमा दक्ष प्राविधकद्वारा निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम गरी सोही कार्यक्रममार्फत बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण काम गर्नुपर्ने भएकाले सोही जोखिमलाई ध्यानमा राखी कम्पनीले बीमा योजना ल्याएको हो।

पहिलो चरण अन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर र महोत्तरी जिल्लाका १ हजार बढी निर्माणकर्मीको बीमा गरिएको कम्पनीले जानकारी दिएको छ। उक्त अन्तर्क्रिया कार्यक्रममा प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

उक्त कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क विमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved