सातामा २९ अर्बको शेयर खरीदबिक्री, बजारमा सामान्य ‘करेक्सन’

नेपालभ्युज

काठमाडौं। यो साता २९ अर्बको शेयर खरीदबिक्री भएको छ। यस अवधिमा ४ करोड ७९ लाख ४० हजार कित्ता शेयर खरीद बिक्री भएको छ।

साताको पहिलो कारोबारको तुलनामा ८० दशमलव ९२ बिन्दूले नेप्से परिसूचक बढेर २ हजार ७ सय ६९ दशमलव ९२ बिन्दूमा पुगेर बजार बन्द भएको छ। अघिल्लो साता  पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको थियो।

अघिल्लो साताभन्दा कम बिन्दूले परिसूचक बढे पनि बजारमा भने यो साता बजारमा सामान्य ‘करेक्सन’ भने देखिएको छ। गएको साता कुल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० रुपैयाँमा खरीदबिक्री भएको थियो।

साताको पहिलो कारोबार दिन  आइतबार १ दशमलव ३८ अंकले नेप्सेमा गिरावट आएको थियो। उक्त दिन ४ अर्ब ९ करोड ६२ लाख १९ हजार रुपैयाँको ७४ लाख ३४ हजार कित्ता शेयर कारोबार भएको थियो।

दोस्रो दिन २६ दशमलव ४४ अंकले शेयरमा गिरावट आएकोमा उक्त दिन ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर कारोबार भएको थियो।

तेस्रो कारोबार दिन मंगलबार भने बजार उकालो लागेको थियो। उक्त दिन ६९ दशमलव २२ अंकले परिसूचक बढेकोमा कारोबार पनि बृद्धि भएको थियो। सो दिन ५ अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँको १ करोड ९३ हजार कित्ता शेयर खरीदबिक्री भएको थियो।

बुधबार नेप्से परिसूचक २८ सय बिन्दूमाथि उकालो लाग्यो। यसदिन १६ दशमलव ९५ अंकले शेयरमा बृद्धि भई बजार २८ सय १ दशमलव ५२ बिन्दूमा पुगेर बन्द भएको थियो। बुधबार ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको ७७ हजार ५१८ पटकमा १ करोड १९ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार ३२ दशमलव ३९ अंकले बजार घटेको छ। यस दिन धितोपत्र बजारमा ७ अर्ब २७ करोड १८ लाख ६७ हजार रुपैयाँको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved