गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्देशिका पारित

नेपालभ्युज

गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्देशिका पारित

काठमाडौं । सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित भएको छ।

यसँगै प्रधानन्यायाधीशविरुद्ध उत्रिएका न्यायाधीशहरू अब नियमित इजलासमा फर्किने भएका हुन्। गोलाप्रथाबाट पेशी तोक्न सर्वोच्च अदालतले ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ कार्यविधि हिजो तयार पारेको थियो।

अब राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट पेशी तोकिनेछ।

आज आफैंले बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश आफैं उपस्थित भएनन्। १८ जना न्यायाधीशले निर्णय गरेर हस्ताक्षर गरेपछि निर्देशिका पारित भएको हो।

प्रधानन्यायाधीशले जबराले भने आफ्नो च्याम्बरमै बसेर हस्ताक्षर गरेका थिए। स्रोतका अनुसार प्रधान्यायाधीश जबराले न्यायाधीशहरूलाई तपाईंहरू निर्णय गरेर हस्ताक्षर गरेर ल्याउनू, अनि म हस्ताक्षर गरिदिन्छु’ भनेका थिए।

बार झुक्दैन : अध्यक्ष चण्डेश्वर श्रेष्ठ

यता नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने गोलाप्रथा लागू भए पनि बार प्रधानन्यायाधीश जबरासामू नझुक्ने अभिव्यक्ति दिएका छन्। जबराको राजीनामा र सुधारको काम नभएसम्म बार बहसमा नजाने पनि उनले बताए। भने, “गोलाप्रथा लागू गरेपछि सुनुवाइमा जाने निर्णय न्यायाधीशको हो। हामीले आन्दोलन शिथिल हुने गरी काम गर्न हुन्न । बार कहीँकतैबाट बहसमा जाँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved