बारको आक्रोश : न्यायको मन्दिरलाई यद्धमैदान बनाइयो

नेपालभ्युज

बारको आक्रोश : न्यायको मन्दिरलाई यद्धमैदान बनाइयो
फाइल तस्वीर

काठमाडौं । नेपाल बार एशोसिएशनको विरोध कार्यक्रममा भएको प्रहरी दमनलाई नेपाल बार एशोसिएशनले बर्बर्तापूर्ण आक्रमण भनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत बार एशोसिएशनसम्बद्ध कानून व्यवसायी र प्रहरीबीच आज धकेलाधकेल भएको थियो। त्यस क्रममा १० जनाभन्दा बढी कानून व्यवसायी घाइते भएका थिए।

युद्धको बेलाजस्तो हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई यद्धमैदान बनाउने कार्य गरिएको भन्दै यसप्रति बारले भर्त्सना र निन्दा गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै बारले न्यायाधीश र अदालत प्रशासनको पस्तो हर्कतले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved