कांग्रेसको महाधिवेशनमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात 

नेपालभ्युज

कांग्रेसको महाधिवेशनमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात 

जनकपुरधाम। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ। पार्टीबाट खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि हातपात भएको हो। सर्लाहीमा बिहीबार वडा तहको अधिवेशन हुँदैछ।

गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृतमाथि हातपात भएको हो। मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा हातपात भएको जनाइएको छ।

सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस बिभाजित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved