कांग्रेस महाधिवेशन: महेश आचार्य उपसभापतिको उम्मेदवार

मोरङका पुराना नेतामा गनिने आचार्य गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापति हुँदा पार्टीमा महत्वपूर्ण भूमिका सधैं देखिन्थे।

नेपालभ्युज

कांग्रेस महाधिवेशन: महेश आचार्य उपसभापतिको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसमा स्वच्छ र इमान्दार छवि बनाएका नेता महेश आचार्य पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार बन्ने भएका छन्।

पछिल्लो समयमा पार्टीको भूमिकामा खासै नदेखिएका नेता आचार्यले कुनै प्यानलबाट नभएर स्वतन्त्र रुपमा उपसभापतिको उम्मेदवारी दिन लागेका हुन्। एक दुुई दिनभित्रै औपचारिक रुपमा उपसभापतिको उम्मेदवारी घोषणा गर्ने गरी तयारी गरिरहेका आचार्य आन्तरिक छलफलमा जुटेका छन्।

मोरङका पुराना नेतामा गनिने आचार्य गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापति हुँदा पार्टीमा महत्वपूर्ण भूमिका सधैं देखिन्थे। २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुन लागेको कांग्रेसको महाधिवेशनमा नेताहरुको दौडधुप र उम्मेदवारी घोषणा पछिल्लो समयमा बाक्लिएको छ ।

शीर्ष नेताहरुले नै गुटगत अभ्यासलाई तीव्ररुपमा अगाडि बढाएपछि नेता आचार्यले स्वतन्त्र रुपमा उपसभापतिको उमेदवारी घोषणा गर्न लागेका हुन्। उनको सचिवालयका अनुसार आचार्यले कांग्रेसभित्र गुटबन्दी अन्त्यका लागि र नीतिगत रुपमा बलियो कांग्रेस बनाउन उपसभापतिको उम्मेदवारी दिने गरी आफ्नो घोषणापत्र पनि तयार पार्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved