प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

यसअघि ८ कात्तिकमा प्रधानन्यायाधीश जबराले फुलकोर्ट बैठक बोलाएकोमा १४ जना न्यायाधीशले बैठक बहिष्कार गरेका थिए।

नेपालभ्युज

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

 काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बैठक बोलाएका छन्। कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा देखिएको विवादलाई निकास दिने विकल्प खोज्न जबराले बैठक बोलाएका हुन्।

कात्तिक पहिलो साता पूर्व न्यायाधीश फोरमले जबरालाई निकास दिन अनुरोध गर्दै विज्ञप्ति निकालेपछि सर्वोच्चका न्यायाधीश हुँदै कात्तिक दोस्रो सातायता नेपाल बार एशोसिएसनले निरन्तर धर्ना र आन्दोलन गर्दै आएको छ।

यसअघि ८ कात्तिकमा प्रधानन्यायाधीश जबराले फुलकोर्ट बैठक बोलाएकोमा १४ जना न्यायाधीशले बैठक बहिष्कार गरेका थिए।

बैठकमा जबराले सर्वोच्चमा हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुने बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved