वरिष्ठ अधिवक्ता दाहालको टिप्पणीः ‘विनाशकाले विपरीत बुद्धि भो प्रधानन्यायाधीशको’

संवैधानिक पदाधिकारीहरुले चोलेन्द्र गए आफ्नो पनि पद जाने डर रहेकाले आन्दोलनको विरुद्धमा विज्ञप्ति निकालेको दाहालले आरोप लगाए। उनले भने, ‘‘चोलेन्द्रले नियुक्ति गरेका मान्छेहरुले हामीलाई आन्दोलन नगर्नु भनेर अर्ती दिँदै विज्ञप्ति निकालेछन्।”

नेपालभ्युज

वरिष्ठ अधिवक्ता दाहालको टिप्पणीः ‘विनाशकाले विपरीत बुद्धि भो प्रधानन्यायाधीशको’

काठमाडौं। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सर्वोच्च अदालत परिसरमा प्रशासनले दंगा प्हरी खटाएको भन्दै भत्र्सना गरेका छन्। वकिलहरुको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेपछि दाहाल यस्तो बताएका हुन्।

बिहीबार सर्वोच्च परिसरमा नेपाल बार एशोसिएशनसम्बद्ध कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा १० जनाभन्दा बढी व्यक्ति घाइते भएपछि दाहालले उक्त घटनाको भत्र्सना गर्दै प्रशासनको निर्णयको विरोध गरेका हुन्।

अदालतमा प्रहरी ल्याएर दमन गर्ने प्रधानन्यायाधीशको कदमलाई दाहालले विनाशकाले विपरीत बुद्धिको उपमा दिएका छन्। उनले आज बिहान अदालत परिसरमा भएको घटनाको विषयमा गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण पनि गराएका छन्।

दाहालले भने, ‘‘विनाशकाले विपरीत बुद्धि भो प्रधानन्यायाधीशको । बर्बरतापूर्ण आक्रमण गर्ने दंगा प्रहरी राख्ने गृह प्रशासनको घोर भत्र्सना गर्दछु । गृहमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु ।”

दाहालले आफूहरुको स्वार्थ स्वस्थ न्यायपालिका भएको भन्दै अरु कुनै पनि स्वार्थ नभएको बताए। चोलेन्द्रको पक्षपोषण गर्ने काम नराम्रो भएको भन्दै उनले आन्दोलन निस्तेज नखोज्न पनि चेतावनी दिए।

संवैधानिक पदाधिकारीहरुले चोलेन्द्र गए आफ्नो पनि पद जाने डर रहेकाले आन्दोलनको विरुद्धमा विज्ञप्ति निकालेको दाहालले आरोप लगाए। उनले भने, ‘‘चोलेन्द्रले नियुक्ति गरेका मान्छेहरुले हामीलाई आन्दोलन नगर्नु भनेर अर्ती दिँदै विज्ञप्ति निकालेछन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved