भारतको सहयोगमा बुटबलमा विद्यालय भवन बन्दै

रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी लुम्बिनीमा ६० वटा परियोजना सम्पन्न भइसकेको छ भने ९ वटा परियोजना निर्माणाधिन रहेको भारतीय दूतावासले जनाएको छ।

नेपालभ्युज

भारतको सहयोगमा बुटबलमा विद्यालय भवन बन्दै

काठमाडौं। भारत-नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले बुटबलको नहरपुर माध्यमिक विद्यालयको भवन बनाउने काम शुरु गरेको छ।

चार करोडभन्दा बढी लागतमा बन्ने यो विद्यालय भवनको निर्माण कार्य बुधबार शुरु भएको छ। बुटबलका मेयर शिवराज सुवेदी र नेपालस्थित भारतीय दूतावासका पुर्ननिर्माण विभाग प्रमुख करुण बंसलले निर्माण कार्य शुभारम्भ गरेका हुन्।

बुटवल क्षेत्रको विद्यालयमा गनिने नहरपुर माध्यमिक विद्यालयमा १६ सयभन्दा बढी विद्यार्थी अध्यनरत छन्।

२००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटी, सरसफाइ लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा सामुदायिक विकास परियोजना अन्तर्गत ४ सय ५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ।

रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी लुम्बिनीमा ६० वटा परियोजना सम्पन्न भइसकेको छ भने ९ वटा परियोजना निर्माणाधिन रहेको भारतीय दूतावासले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved