प्रधानमन्त्री देउवालाई भेट्दै अमेरिकी सहायक विदेशमन्त्री लू

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू बुधबार नेपाल भ्रमणमा आएका थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई भेट्दै अमेरिकी सहायक विदेशमन्त्री लू

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन्। तीन दिने नेपाल भ्रमणमा रहेका लूले आज प्रधानमन्त्री देउवासँग भेटन लागेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र लूबीच भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवासँगको भेटपछि सहायक विदेशमन्त्री लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ। खड्का र लूबीच भोलि शुक्रबार भेटवार्ता हुनेछ।

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू बुधबार नेपाल भ्रमणमा आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved