यू-१९ पुरुष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा, खेलतालिका सार्वजनिक

१४ जनवरीदेखि ५ फेब्रुअरीसम्म हुने प्रतियोगितामा १६ राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

नेपालभ्युज

यू-१९ पुरुष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा, खेलतालिका सार्वजनिक

काठमाडौं। वेस्ट इण्डिजले आगामी संस्करणको आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेटको आयोजन गर्ने भएको छ।

यू-१९ विश्वकप पहिलो पटक वेस्ट इन्डिजमा हुन लागेको हो। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १४ औँ संस्करणको प्रतियोगिताको बुधबार खेल तालिका सार्वजनिक गरेको छ।

१४ जनवरीदेखि ५ फेब्रुअरीसम्म हुने प्रतियोगितामा १६ राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ’ए’ मा बंगलादेश, इंग्ल्याण्ड, क्यानडा र यूएई रहेको छन्। समूह ’बी’ मा भारत, आयरल्याण्ड, दक्षिण अफ्रीका र युगान्डा रहेका छन्।

यस्तै, समूह ’सी’मा अफगानिस्तान, पाकिस्तान, पपुवा न्यूगिनी र जिम्बाबे रहँदा समूह ’डी’मा अष्ट्रेलिया, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved