टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज

न्यूजिल्याण्डविरुद्ध भारतको विजयी शुरुवात

विराट कोहलीले छाडेपछि भारतीय टी-ट्वान्टी टिमको कप्तान बनेका शर्माले जितसँगै कप्तानी इनिङ शुरु गरेका छन्। भारतले सिरिजमा १-० को अग्रता बनाएको छ।

नेपालभ्युज

न्यूजिल्याण्डविरुद्ध भारतको विजयी शुरुवात

काठमाडौं। टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले विजयी शुरुवात गरेको छ। बुधबार भएको सिरिजको पहिलो खेलमा घरेलु टिम भारत ५ विकेटले विजयी बन्यो।

जयपुरमा टस हारेर पहिले ब्याटिङमा आएको न्यूजील्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो। पाहुना टोलीका लागि मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए।

गुप्टिलसँगै न्यूजील्याण्डका मार्क चपमनले पनि अर्धशतक प्रहार गरे। मार्कले ६३ टिम सेइफर्टले १२ रन बनाए।

भारतका रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारले दुई दुई विकेट लिए।

१६५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भ्ट्टयो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६२ रनको योगदान दिए।

यस्तै, कप्तान रोहित शर्माले ४८ रन बनाए। रिषभ पन्तले १७ रन बनाउँदा केएल राहुलले १५ रन बनाए।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए।

विराट कोहलीले छाडेपछि भारतीय टी-ट्वान्टी टिमको कप्तान बनेका शर्माले जितसँगै कप्तानी इनिङ शुरु गरेका छन्। भारतले सिरिजमा १-० को अग्रता बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved