कैलालीमा रावल पक्षले छान्यो महाधिवेशन समानान्तर प्रतिनिधि (नामावली)

नेपालभ्युज

कैलालीमा रावल पक्षले छान्यो महाधिवेशन समानान्तर प्रतिनिधि (नामावली)

धनगढी। नेकपा (एमाले) उपाध्यक्ष भीम रावल पक्षले कैलालीमा महाधिवेशन समानान्तर प्रतिनिधि छनोट गरेको छ। कैलाली अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै रावल पक्षले समानान्तर प्रतिनिधि छनोट गरेको हो।

रावल पक्षले बुधबारको भेलामार्फत कैलाली क्षेत्र नम्बर २ बाट नौ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो। भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको पार्टीका प्रदेश कमिटी सदस्य महादेव बजगाईंले बताए।

‘१०-१२ मंसीरसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ४३ जनाले उम्मेदवारी दर्ता गरे पनि अध्यक्ष केपी ओली पक्षले एकलौटी ढंगबाट प्रतिनिधि छनोट गरेको रावल पक्षको आरोप छ।

रावल पक्षले छानेका समानान्तर महाधिवेशनका प्रतिनिधि (नामावली)

सूर्य बहादुर थापा
वीरेन्द्र रावल
रुप बहादुर रावल
यज्ञराज ढुंगाना
भीम कुँवर
मनोज खड्का
गंगा थापा
बसुन्धरा भण्डारी
ममता रावल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved