गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्न कार्यविधि तयार

नेपालभ्युज

गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्न कार्यविधि तयार

काठमाडौं। गोलाप्रथाबाट पेशी तोक्न सर्वोच्च अदालतले ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ कार्यविधि तयार पारेको छ।

जसअनुसार गोला तान्ने प्रयोजनका लागि समान रूप, रङ्ग, आकार र बनोटका गोटीको प्रयोग गरिने र गोटीलाई अपारदर्शी थैलीमा राखी प्रधानन्यायाधीश र न्यायाधीशहरूले वरिष्ठताका आधारमा क्रमशः एक एक वटा गोटी तान्नुपर्ने कार्यविधिमा उल्लेख छ।

साथै तानिएको गोटी सम्बन्धित न्यायाधीशले सीसीक्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाई गोटीको संकेतांक प्रस्ट बुझिने गरी सुनाउनुपर्नेछ। सोको अभिलेख पेशी व्यवस्थापन कार्यमा खटिएका कर्मचारी वा सूचना प्राविधिकले कम्प्युटर सफ्टवेयरमा देखिने गरी आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिने कार्यविधिमा उल्लेख छ।

त्यस्तै गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत्, पूर्ण वा एकल न्ययाधीशको इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिने र यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिने व्यवस्था छ।

दैनिक र साप्ताहिक पेशी व्यवस्थापनमा न्यूनतम मानवीय हस्तक्षेप हुने गरी गोला प्रणाली लागू गर्न सर्वोच्च अदालत, नियमावली, २०७४ को नियम १६४ ले दिएका अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका बनाई जारी गरिने प्रस्तावनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved