महाधिवेशनका लागि समानान्तर प्रतिनिधि छान्दै भीम रावल

नेपालभ्युज

महाधिवेशनका लागि समानान्तर प्रतिनिधि छान्दै भीम रावल
फाइल तस्वीर

धनगढी। नेकपा (एमाले) कैलालीमा उपाध्यक्ष भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। कैलाली अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै रावल पक्षले प्रतिनिधि छान्ने भएको हो।

उक्त पक्षले प्रतिनिधि छनोटका लागि बुधबार भेला पनि बोलाएको छ। भेलाले सर्वसम्मत रूपमा वा निर्वाचनका माध्यमले प्रतिनिधि छनोट हुने सो पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव बजगाईंले बताए।

‘१०–१२ मंसीरसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट हुँदैछन्।

बजगाईँले सामाजिक सञ्जालमार्फत मिति स्थान तोकी भेलमा सहभागी हुन सूचना राखेका छन्।

महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा जिल्ला अध्यक्षले एकलौटी रुपमा महाधिवेशन प्रतिनिधिको नाम घोषणा गरेको आरोप लागेको छ।

अर्को पक्षले भने पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको जनाएको छ। अन्य निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा भने मतदानको प्रक्रियाद्वारा छनोट गरिएको उक्त पक्षले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved