काठमाडौं आइपुगे आइबाका अध्यक्ष उमर

आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपालभ्युज

काठमाडौं आइपुगे आइबाका अध्यक्ष उमर

काठमाडौं। अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौं आइपुगेका छन्। नेपाल बक्सिङ संघको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली नेपाल आएको हो।

अध्यक्ष उमरको टोलीलाई बक्सिङ संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गरे।

आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ संघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved