प्रदेशको पहिचानका लागि गण्डकी विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणा अनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे।

नेपालभ्युज

प्रदेशको पहिचानका लागि गण्डकी विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्।

गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मंगलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणा अनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे।

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले विश्वविद्यालयमा विपन्न, दलित र पिछडिएका वर्गलाई पठनपाठनमा आरक्षण प्रदान गर्नुपर्नेमा जोड दिए।

विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’, ‘ब्याचलरर्स इन इन्फरमेसन टेक्नोलोजी’ र ‘ब्याचलर्स अफ फार्मेसी’मा अध्यापन शुरु गरेको जानकारी दिए। उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सम्बन्ध बिस्तार गरेको बताए।

विश्वविद्यालयले गत २ र ३ अप्रिलमा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी नेपालसहित आठ देशका वैज्ञानिकले उठाएका विषयलाई सङ्गालोका रूपमा प्रकाशित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved