मिथिलाञ्चलमा ‘सामा–चकेवा’ पर्वकाे रौनक बढ्दै

नेपालभ्युज

मिथिलाञ्चलमा ‘सामा–चकेवा’ पर्वकाे रौनक बढ्दै

जनकपुरधाम। तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतिकका रुपमा रहेको सामाचकेवा पर्वको रौनक बढ्दै गएको छ। सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायु र सम्पन्नताका लागि कामना गरिने पर्व हो। कात्तिक शुक्ल द्वितीया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यरात सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले आजको दिनलाई पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो।

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मान्छेलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरातमा विशेष पूजापाठ गरी पर्वको समापन गर्ने गर्छन्। काँचो माटोले बनाइएका मान्छे, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने गरिएको स्थानीयले बताए।

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महसुस गर्न थालिएको छ। यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ। त्यस दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातीमा बसेका सातवटा चरा जसलाई सतभैया भनिन्छ।

त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजु बहिनीको मूर्ति बनाउने गरिएको महादेव गापाका १ का समतोलिया सदाले सुनाइन्। यसका साथै वृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरूलाई विभिन्न रङले रङग्याइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved