उद्योग, पर्यटन मन्त्री रायलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त

नेपालभ्युज

उद्योग, पर्यटन मन्त्री रायलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त

जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका हुन्।

पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ। प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब दुई बजे मन्त्रीको पदमुक्तको पत्र प्राप्त भएको जानकारी दिए ।

मुख्यमन्त्री राउतले उनीसँग राजीनामा माग गरेपछि रायले राजीनामा दिन तयार नभए पछि उनलाई पद मुक्तको चिठी काटिएको हो। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। राय आफ्नो पद बँचाउनकै लागि महन्थ ठाकुरका साथ छाडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved