सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

नेपालभ्युज

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

सर्लाही । ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

वडा नम्बर १२ घारीबथानस्थित भित्री सडकखण्डमा गएराति भएको दुर्घटनामा घारीबथानका मोटरसाइकल चालक २२ वर्षीय सुरज गुर्मछान मगर र सवार २० वर्षीय मुकेश आलेको मृत्यु भएको हो।

सुरजको लालबन्दी र मुकेशको वीरगन्जमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घारीबथानबाट बाँके चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएको प्रहरीले बताएको छ। उनीहरू ईश्वरपुर-४ सागरनाथमा लागेको मेला भर्न आउने क्रममा दुर्घटनामा परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved