कपिलवस्तुको बिजगौरी गाउँमा स्याल आतंक

कपिलवस्तुको बिजगौरी गाउँमा स्याल आतंक

कपिलवस्तु। जिल्लाको शिवराज नगरपालिका-९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन्। राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो। गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताइन्।

सुकुम्बाको अनुहारमा र हातमा स्यालले टोकेको छ। बौलाहा स्याल हुन सक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएको वडाध्यक्ष चुरबहादुर खड्काले बताए।

शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारका लागि बुटवल लगिएको थियो। स्यालले स्थानीवासीको बङ्गुर र बाख्रालाई पनि टोकेकाले उक्त स्याललाई राति नै मारिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved