पहिलोपटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम

पहिलोपटक कतारसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको नेपाली महिला टिमले २३ महीनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

नेपालभ्युज

पहिलोपटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम

काठमाडौं। नेपाली महिला क्रिकेट टिमले पहिलोपटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाली टिमले कतारको महिला टिमसँग ३ खेलको सिरिज खेल्न लागेको हो।

पहिलोपटक कतारसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको नेपाली महिला टिमले २३ महीनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

पहिलो अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टिमले आज दिउँसो पौने चार बजे कतारको दोहामा कतारी महिला टिमसँग खेल्नेछ। साथै, बाँकी दुई खेल भोलि र पर्सि लगातार सोही मैदानमा हुनेछ।

नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एशियाली छनोटको तयारीका लागि यो सिरिज खेल्न लागेको हो। जसका लागि नेपाली महिला टिम आइतबार गएको कतार गएको थियो।

महिला टी-ट्वान्टी विश्वकपको एशियाली छनोट २२ नोभेम्बरदेखि यूएईमा शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved