नरहरि आचार्यकै कारण न्यायालयमा बेथितिको अवस्था आयोः शंकर पोखरेल

पोखरेलले नेपाली कांग्रेसको निर्देशनमा तत्कालीन कानुनमन्त्री रहेका आचार्यले चालेको कदमका कारण अहिले न्यायालयमा बेथिति देखिएको बताए। सक्षम रहेका अस्थायी न्यायाधीश हटाउने आचार्यको काम अहिलेको परिस्थितिको कारक भएको उनको भनाइ छ।

नेपालभ्युज

नरहरि आचार्यकै कारण न्यायालयमा बेथितिको अवस्था आयोः शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले न्यायालयमा अहिले देखिएको बेथितिको मुख्य कारक कांग्रेस नेता नरहरि आचार्य भएको बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

पोखरेलले नेपाली कांग्रेसको निर्देशनमा तत्कालीन कानुनमन्त्री रहेका आचार्यले चालेको कदमका कारण अहिले न्यायालयमा बेथिति देखिएको बताए। सक्षम रहेका अस्थायी न्यायाधीश हटाउने आचार्यको काम अहिलेको परिस्थितिको कारक भएको उनको भनाइ छ।

पोखरेल लेख्छन्, ‘‘न्यायालय भित्रको अहिलेको बेथितिको कारणमध्ये नरहरी आचार्य कानुनमन्त्री भएका बेलामा नेकांको निर्देशनमा सर्वोच्चका तुलनात्मक रुपमा सक्षम अस्थायी न्यायाधीशहरुको अवधि थप नगरी कमजोर र विवादास्पद कार्यक्षमता भएकाहरुलाई ल्याउनुको परिणाम हो।”

पोखरेलका अनुसार अहिले सर्वोच्च अदालतमा देखिएको परिस्थिति सोही निर्णयको सहउत्पादन हुन्। उनले यस प्रकरणबारे राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीलाई राम्रो जानकारी भएको पनि उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved