एएफसीलाई एन्फाको प्रस्तावः कार्यकारी समितिको बैठक नेपालमा गरौँ

सोमबार बहराइनमा भएको भेटवार्ताको क्रममा अध्यक्ष शेर्पाले सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिएका थिए। शेर्पा र सलमानबीच फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ।

नेपालभ्युज

एएफसीलाई एन्फाको प्रस्तावः कार्यकारी समितिको बैठक नेपालमा गरौँ

काठमाडौं। अखिल नेपाल फुटबल संघ, एन्फाले एशियाली फुटबल महासंघको कार्यकारी समितिको बैठक नेपालमा राख्न प्रस्ताव गरेको छ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एएफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँगको भेटवार्ताका क्रममा कार्यकारी समिति बैठक नेपालमा राख्न प्रस्ताव गरेका हुन्।

अध्यक्ष शेर्पाले सलमानलाई नेपाल भ्रमणको निम्तो समेत दिएका एन्फाले जनाएको छ। नेपाल भ्रमणको निम्तोप्रति सकारात्मक देखिएका सलमानलाई शेर्पाले कार्यकारी समितिको बैठक नेपाल गर्न भनेका हुन्।

सोमबार बहराइनमा भएको भेटवार्ताको क्रममा अध्यक्ष शेर्पाले सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिएका थिए। शेर्पा र सलमानबीच फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ।

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीचको भेटमा एएफसीका महासचिव डाटो विन्डसर जोनको समेत उपस्थिति रहेको थियो।

भेटकै क्रममा शेर्पाले नेपाली फुटबल विकास गरेको निरन्तरको सहयोगका लागि एएफसीलाई धन्यवाद पनि दिएका एन्फाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved