काठमाडौंमा बन्दको प्रभाव, सार्वजनिक सवारी नचल्दा यात्रु समस्यामा

विप्लवको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा बिहानैदेखि बन्दको प्रभाव परेको छ।

नेपालभ्युज

काठमाडौंमा बन्दको प्रभाव, सार्वजनिक सवारी नचल्दा यात्रु समस्यामा
फाइल तस्वीर

काठमाडौं। नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै आज मंगलबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको छ।

विप्लवको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा बिहानैदेखि बन्दको प्रभाव परेको छ।

सार्वजनिक सवारी निकै कम मात्रामा गुडेका छन्। बन्दका कारण सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ। काठमाडौंका चोक चोकमा सार्वजनिक यातायातका यात्रुहरु पर्खे बसेको देख्न सकिन्छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी पनि आज चलेका छैनन्। उपत्यकाभित्र आज ट्याक्सीसमेत उल्लेख्य मात्रामा चल्न सकेका छैनन्।

उपत्यकाभित्रका पसलहरुमा पनि बन्दको प्रभाव परेको छ। आज विद्यालयहरुमा पनि नियमित पठनपाठन रोकिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved