सातामा ५६ उडान गर्ने भारतको प्रस्ताव

नेपालभ्युज

सातामा ५६ उडान गर्ने भारतको प्रस्ताव

काठमाडौँ। भारतले नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्‍याउन सकिने प्रस्ताव गरेको छ। काठमाडौँस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्‍याउन प्रस्ताव गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, दुई देशका पर्यटन मन्त्री भेट भएको दुई दिनपछि आइतबार दूतावासले मन्त्रालयलाई पत्र पठाउँदै सातामा नेपाल–भारतबीच दुवै देशका वायुसेवाले २८–२८ उडान गर्न सक्ने प्रस्ताव पठाएको छ। शुक्रबारमात्रै पर्यटन मन्त्री प्रेमबहादुर आले दिल्ली पुगेर भारतीय समकक्षी ज्योतिरादित्य सिंधियालाई भेटी नेपाल भारत उडान खुला गर्न अनुरोध गरेका थिए। भेटमा मन्त्री सिंधियाले उडान सङ्ख्या थप्न मद्दत गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल र भारतबीच एक वर्षयता एयर बबलअन्तर्गत काठमाडौं र दिल्लीका लागि मात्रै उडान हुँदै आएको छ। हाल दुवै देशका ध्वजावाहक वायुसेवाले दैनिक एक–एक वटा उडान गर्दै आएका छन्। यी उडानमा दुई देशका नागरिक र कूटनीतिज्ञबाहेक तेस्रो मुलुकका नागरिकलाई उड्न रोक लगाइएको छ। पर्यटन मन्त्री आलेले भारतको प्रस्तावअनुसार अब दिल्लीबाहेक मुम्बई, बैङ्लोर, कोलकाता र बनारसमा पनि उडान सञ्चालन गर्ने योजना नेपालको रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved