नेपालमा हवाई उडान गर्न इजरायल इच्छुक

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न इजरायल इच्छुक देखिएको छ।

नेपालभ्युज

नेपालमा हवाई उडान गर्न इजरायल इच्छुक

काठमाडौं। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न इजरायल इच्छुक देखिएको छ। नेपाल–इजरायलबीच हवाई उडानका लागि सकारात्मक रहेको सो मुलुकले भैरहवा विमानस्थलबारे चासो लिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटवार्तामा नेपालका लागि इजरायलका राजदूत हनान गोडरले दुई मुलुकबीच सिधा उडानका लागि आफ्नो मुलुक इच्छुक रहेको बताए। दुवै मुलुकबीच सिधा उडानका लागि नेपाल सधैँ सकारात्मक रहेको मन्त्री आलेले बताएका मन्त्रालयले जनाएको छ।

नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। कोरोना संक्रमण अघि करिब वटा हवाई कम्पनीले नेपालमा उडान भर्ने गरेका थिए। नेपालीहरूको श्रम गन्तव्य मुलुक इजरायलमा अहिलेसम्म सिधा उडान भएको छैन। नेपाल–इजरायलबीच सन् १९६०मा दौत्य सम्बन्ध कायम भएको थियो। सोमबार मन्त्रालयमा भएको भेटवार्तामा राजदूत गोडरले नेपालको आन्तरिक उडानमा नेपाली र विदेशी यात्रुको असमान भाडादार बारे पनि चासो लिएका छन्। प्रतिउत्तरमा मन्त्री आलेले असमान भाडादार घटाउन पहल गर्ने बताएका छन्।

इजरायलले दुई साताभित्रमा करिब एक हजार नेपाली कामदार लाने तयारी गरेको छ। पर्यटन मन्त्रालयकाअनुसार कामदार लान सो मुलुकले नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन चासो लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved