७ बुँदे सहमतिपछि जनकपुरधामको निषेधाज्ञा हटाइयो

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत् छलफल पश्चात् ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

७ बुँदे सहमतिपछि जनकपुरधामको निषेधाज्ञा हटाइयो

जनकपुरधाम। हिन्दु र मुस्लिम समुदायबीच ७ बुँदे सहमतिपछि जनकपुरधाममा लगाइएको निषेधाज्ञा हटाइएको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा भएको विवाद समाधानको लागि सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै पक्षबीच ७ बुँदे सहमति भएको हो।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत् छलफल पश्चात् ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

२४ कात्तिकमा छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयमा दुई समुदायबिच भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो। सो विषयलाई लिएर पुनः शनिबार पनि झडप हुँदा स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना हुन नदिने भन्दै निषेधाज्ञा जारी गरेको थियो।

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झन्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधीनमा रहने सहमति छ।
पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुवै समुदायले एक अर्कालाई सम्मान गर्ने सहमतिमा भनिएको छ। हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्वमा सुरक्षा निकायलाई पूर्व जानकारी दिई पोखरीमा थप माटो नझारी मनाउने, दुवै पक्षले कुनै माध्यमबाट धार्मिक, साम्प्रदायिक सद्भाव बिगार्ने गरी भनाई वा विचार कतै नराख्ने लगायतका सहमति भएको छ।

उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमति कार्यान्वयनका लागि समिति समेत गठन गरिएको प्रजिअ बास्तोलाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved