प्रशासकहरू व्यवहारिक बन्नुपर्छ, प्रविधिमैत्री भएर काम गर्नुपर्छः मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठीक भए त्यसलाई कार्यान्वयन गर्ने र समयअनुसार परिवर्तन भएका कुराहरुमा सोहीअनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गरे।

नेपालभ्युज

प्रशासकहरू व्यवहारिक बन्नुपर्छ, प्रविधिमैत्री भएर काम गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताएका छन्।

सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सहसचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिएका हुन्।

मन्त्री श्रेष्ठले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठीक भए त्यसलाई कार्यान्वयन गर्ने र समयअनुसार परिवर्तन भएका कुराहरुमा सोहीअनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गरे।

सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै मन्त्री श्रेष्ठले राष्ट्रसेवक कर्मचारीहरु व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले भने, ‘‘सिद्धान्तलाई व्यवहारसँग तादात्म्यता मिलाएर मात्रै असल प्रशासक बन्न सक्दछ । असल प्रशासकले सिद्धान्त मात्रै होइन व्यवहारिक बन्ने, धैर्यवान बन्ने, आफ्नो काममा दत्तचित्त, लगनशील बन्ने र उदाहरणीय काम पनि गर्ने । यो कुराहरु हुनुपर्छ जस्तो मलाई लाग्छ ।’’

मन्त्री श्रेष्ठले नवनियुक्त सहसचिवहरुलाई आफू मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरिकन काम लगाउन पनि आग्रह गरे। कतिपय कर्मचारीहरुमा आफूलाई प्रशासक ठानी सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उनले बताए।

मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिए। प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिँदै कार्य सम्पादन गर्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved