पूर्व न्यायाधीश फोरमले भन्यो- भ्रष्टाचार लुकाउन जबराले वक्तव्य जारी गरे

प्रधानन्यायाधीश जबराले सोमबार प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत जवाफ सार्वजनिक गरिएको हो। फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ।

नेपालभ्युज

पूर्व न्यायाधीश फोरमले भन्यो- भ्रष्टाचार लुकाउन जबराले वक्तव्य जारी गरे

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेको वार्ताको आह्वानलाई पूर्व न्यायाधीशहरुले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको टिप्पणी गरेका छन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पूर्वन्यायाधीश फोरमले न्यायालयको हितको लागि जबराले तत्काल राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएको छ।

प्रधानन्यायाधीश जबराले सोमबार प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत जवाफ सार्वजनिक गरिएको हो। फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ।

‘‘न्यायाधीशहरूको काबु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौँ। जिम्मेवार निकाय र पदाधिकारीहरूले यस अभियानको गम्भीरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीश वाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौँ,’’ विज्ञप्तिमा भनिएको छ।

हरेक मुद्दाको सुनुवाइ स्वच्छ, निष्पक्ष, विश्वसनीय र शीघ्र हुन पर्ने फोरमको माग छ। ‘‘स्वतन्त्रता, निष्पक्षता र स्वच्छताको प्रत्याभूतिका लागि न्यायाधीशहरूले प्रदर्शन गरेको एकता र दृढताको हामी सम्मान गर्दछौँ,’’ विज्ञप्तिमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved