नेकपा (एस)ले गठन गर्यो किसान महासंघ

महासंघको महासचिवमा प्रमेश पोखरेल चयन भएका छन्। यस्तै, महासंघले ११ जना सचिवहरु चयन गरेको छ। दयालक्ष्मी श्रेष्ठ कोषाध्यक्ष बनेकी छन्।

नेपालभ्युज

नेकपा (एस)ले गठन गर्यो किसान महासंघ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ। एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटाको अध्यक्षतामा ३५१ सदस्यीय महासंघ गठन भएको हो।

एसनिकट किसान महासंघको नौ जना उपाध्यक्षहरुमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का उपाध्यक्ष छन्।

महासंघको महासचिवमा प्रमेश पोखरेल चयन भएका छन्। यस्तै, महासंघले ११ जना सचिवहरु चयन गरेको छ। दयालक्ष्मी श्रेष्ठ कोषाध्यक्ष बनेकी छन्।

नवगठित महासंघका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले शपथ खुवाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved