देउवाको घरमा केन्द्रीय कार्यसमिति बैठक राखेकोमा सिंहको असन्तुष्टि

नेपालभ्युज

देउवाको घरमा केन्द्रीय कार्यसमिति बैठक राखेकोमा सिंहको असन्तुष्टि
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्यसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै देउवाको घरमा बैठक बोलाएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए। सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन गरिएको आरोप उनको थियो। नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्यसमिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न नेतृत्वलाई दवाव दिए।

‘‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राख्छ। कार्यालयमा राख्नु पर्‍यो नि वर्किङ कमिटी भनेर। भवनको के काम ? ,” उनले भने, ‘‘उनले भने, ‘‘बुढानिलकण्ठ हामीले नदेखेको हो र भन्या ? उहाँको घर बन्नुअघि नै हामी बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थेउँ त।”

रौतहटका कार्यकर्ताहरू धर्ना बसिरहेकोमा विधि र नियम अनुसार सम्बोधन गर्न उनले अनुरोध गरे। सबै जिल्लामा समस्या भएको बताउँदै उनले भोटलिस्टमा समायोजनको लिस्टमा नभएका नाम राखेर पर्सादेखि विशेषगरी २ नम्बर प्रदेशमा समस्या देखिएको उल्लेख गरे। उनले सभापति देउवाकै जिल्लामा समेत समस्या देखिएको बताए। ‘‘हाम्रै पार्टी सभापतिको गृह जिल्लामा के गर्नु भयो ? के राम्रो भएको छ ? अहिले उहाँले सुनिराख्नु भएको छ नि त। त्यहाँको जिल्ला सभापतिले के भयो भन्ने कुरा,” उनले भने, ‘‘यो संगठन पकड गरेर विधि र नियम पूरा नगरीकन सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर नभएको अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन।’

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे। पार्टी नेतृत्वले महाधिवेशन सार्ने अवस्था भने अब नरहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved