नेपाल बार र सर्वोच्च बारका अध्यक्ष भन्छन्, ‘बिचौलियाको नाइकेसँग वार्ता हुँदैन’

जबराले राजीनामा नदिएसम्म अब वार्ताको कुनै सम्भावना नरहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। उनले भने, ‘‘सर्वोच्च अदालतको आँगनमा हामी हुँदाहुँदै हाम्रो अगाडि नआइकन विज्ञप्ति निकाल्ने? हामी वार्तामा जाँदैनौँ। जबसम्म राजीनामा हुँदैन, तबसम्म आन्दोलन जारी हुन्छ।”

नेपालभ्युज

नेपाल बार र सर्वोच्च बारका अध्यक्ष भन्छन्, ‘बिचौलियाको नाइकेसँग वार्ता हुँदैन’

काठमाडौं। नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नहुने बताएको छ।

प्रधानन्यायाधीश जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै बारलाई वार्ताका लागि बोलाएका .छन्। तर, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वार्तामा नजाने बताए।

बार परिसरमा धर्ना दिने क्रममा बारका अध्यक्ष श्रेष्ठले जबराको राजीनामापछि नयाँ आउने प्रधानन्यायाधीशसँग मात्रै बारले वार्तामा बस्ने र न्यायालयको विषयमा छलफल गर्ने बताए।

अध्यक्ष श्रेष्ठले भने, ‘‘तपाईंले राजीनामा दिएपछि त्यसपछि आउने प्रधानन्यायाधीशसँग मात्र न्यायपालिकाको विकृति विसंगति हटाउन वार्ता हुन्छ, तपाईंसँग हुँदैन।”

श्रेष्ठले बिचौलियाको नाइके जबरासँग कुनै वार्ता नहुने प्रष्ट पारेका छन्। जबराले राजीनामा दिनैपर्ने भन्दै उनले आफूहरु जबरासँग वार्तामा नबस्ने सार्वजनिक घोषणा गरेका हुन्।

जबराले राजीनामा नदिएसम्म अब वार्ताको कुनै सम्भावना नरहेको श्रेष्ठले बताए। उनले भने, ‘‘सर्वोच्च अदालतको आँगनमा हामी हुँदाहुँदै हाम्रो अगाडि नआइकन विज्ञप्ति निकाल्ने? हामी वार्तामा जाँदैनौँ। जबसम्म राजीनामा हुँदैन, तबसम्म आन्दोलन जारी हुन्छ।”

यता सर्वोच्तच अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले पनि धर्नाका कार्यक्र यथावत् रहने बताए। उनले केन्द्रको आन्दोलनमा आउनका लागि देशभरका बार समितिलाई बोलाउने बताए।

शाक्यले वार्ताका लागि आएको जबराको वक्तव्यको जवाफ वक्तव्यबाटै दिने बताए। उनले भने, ‘‘वक्तव्यबाट हामीलाई बोलाएका छन् रे। आफ्नो अफिसमुनि भाको आन्दोलनको वार्ता गर भनेर वक्तव्य निकाल्ने ? वक्तव्यको जवाफ हामी वक्तव्यबाट दिन्छौँ।

अध्यक्ष शाक्यले आफूहरुले अदालत प्रवेशमै रोक लगाएको व्यक्तिसँग वार्तामा नबस्ने बताए। उनले भने, ‘‘असक्षम, भ्रष्टाचार र बिचौलियाको नाइके भनेर अदालत प्रवेश नै निषेध गरिसकेपछि उहाँसँग वार्ता हुँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved