४ सय जनाबाट बलात्कृत किशोरीलाई उजुरी दिन जाँदा प्रहरीले पनि गरे यौन शोषण

नेपालभ्युज

४ सय जनाबाट बलात्कृत किशोरीलाई उजुरी दिन जाँदा प्रहरीले पनि गरे यौन शोषण

एजेन्सी। भारतको महाराष्ट्रको बीड जिल्लामा पछिल्लो ६ महीनामा एक बालिकामाथि भएको बलात्कारको जघन्य घटना सार्वजनिक भएको छ। ६ महीनाको अवधिमा ती बालिका चार सय जनाबाट बलात्कृत भएकी छन्। यौन दुर्व्यवहार गर्नेमध्ये एक जना प्रहरी पनि रहेको पाइएको छ, ती प्रहरीले जबर्जस्ती करणीको उजुरी लिएर आएकी बालिकामाथि उल्टै यौन शोषण गरेका थिए।

बीडका प्रहरी उपरीक्षक (एसपी) राजा रामासामीले आइतबार जघन्य अपराधको पुष्टि गर्दै तीन जनालाई पक्राउ गरिएको जनाएका छन्। समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार, एसपी राजा रामासामीले पीडित बालिका दुई महीनाकी गर्भवती रहेको बताएका छन्। बालिकाले बलात्कारको जालबाट फुत्किएर बाहिर आई बालिकाले घटनाको जानकारी दिएको एसपी रामासामी जनाएका छन्।

एसपी रामासामीका अनुसार बालिकाले दिएको उजुरीको आधारमा बालविवाह ऐन, बलात्कार, यौन उत्पीडन र यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। तीन अभियुक्त पक्राउ परेकोमा अन्य अभियुक्तहरूको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१६ वर्षकी ती पीडित बालिकाको बाल्यकालमै विवाह भएको थियो। दुई वर्षअघि आमाको निधन भएपछि उनका बुवाले अर्को विहे गरेका थिए। दिनहुँजसो दाइजो नल्याएको भन्दै पति र ससुराले कुटपिट गर्न थालेपछि ती बालिका कुटपिटबाट बच्न ६ महीनाअघि ससुराको घरबाट भागेर माइती पुगेकी थिइन्। बाल कल्याण समितिमा बालिकाले दिएको वयान अनुसार बाबुले ती बालिकालाई घरमै पस्न दिएनन्।

पति र ससुराबाट घरेलु हिंसाको शिकार भएकी उनलाई बाबुले पनि घरमा पस्न नदिएपछि बीड जिल्लाको अम्बाजोगाईस्थित बस स्टेसनमा भिख माग्न थालेकी थिइन्। र त्यहीँबाट उनको यौन शोषण भएको थिए। उनले समितिमा आफूलाई चार सय भन्दा बढी जनाले बलात्कार गरेको उजुरी दिएकी छन्।

उनले आफू पटकपटक उजुरी लिएर प्रहरीकहाँ गएको तर प्रहरीले उल्टै दुर्व्यवहार गरेको जनाएकी छन्। धेरैपटक अम्बाजोगाई प्रहरी चौकीमा उजुरी लिएर पुगेको आफूलाई उल्टै एक जना प्रहरीले पनि बलात्कार गरेको वयान उनले दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved