न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले उचाल्यो टी-ट्वान्टी विश्वकपको उपाधि

नेपालभ्युज

न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले उचाल्यो टी-ट्वान्टी विश्वकपको उपाधि

काठमाडौं। टी-ट्वान्टी विश्वकप २०२१ को उपाधि अस्ट्रेलियाले उचालेको छ। फाइनल खेलमा १७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८.५ ओभरमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि च्याम्पियन बनेको हो।

जितका लागि अस्ट्रेलियन खेलाडी मिचेल मार्स ५० बलमा ४ छक्का र ६ चौकाको मद्दतले ७७ रन जोड्दै अविजित रहे भने अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ३ छक्का र ४ चौकासहित ५३ रनको योगदान गरे। वार्नरपछि फिल्डमा उत्रिएका ग्लेन म्याक्सवेलले १८ बलमा १ छक्का र ४ चौकाको मद्दतसहित २८ रन जोडे।

अस्ट्रेलियाले टी-ट्वान्टी विश्वकपको उपाधि जितेको यो पहिलोपटक हो। यसअघि एकपटक मात्र सन् २०१० मा फाइनलमा पुगेको अस्ट्रेलिया इङ्गल्याण्डसँग पराजित हुँदा उपाधिविहीन बन्न पुगेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो। दुवईमा भएको फाइनल खेलमा न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएकोमा कप्तान केन विलियम्सनको आक्रामक ब्याटिङ गरेका थिए।

कप्तान विलियम्सनले ४८ बलमा तीन छक्का १० चौकासहित ८५ रन जोडेका थिए। न्युजिल्याण्डका लागि ओपनर डरेल मिचेल ११ रन बनाएर आउट भएपछि क्रिजमा आएका विलियम्सनले अर्का ओपनर मार्टिन गुप्टिलेसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। गुप्टिले २८ रनमा पवेलियन फर्किए।

त्यसपछि विलियम्सनले ग्लेन फिलिप्ससँग तेस्रो विकेटका लागि ३७ बलमा ६८ रनको साझेदारी गरे। फिलिफ्स १८ रन बनाएर आउट भए। त्यसलगत्तै कप्तान विलियन्सन पनि ८५ रन बनाएर आउट भएका थिए।

सेमिफाइनलको उपाधि दावेदार मानिएका इङ्गल्याण्ड र समूह चरणमा सबै खेल जितेको पाकिस्तान दुवै बाहिरिएका थिएभने हालसम्म विश्वकपको उपाधि नउचालेका दुई राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्डले फाइनलमा पुगेका थिए।

अब अर्को वर्ष सन् २०२२ मा अस्ट्रेलियामा टी-ट्वान्टी विश्वकप हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved