प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी हुँदै

उद्योग मन्त्री रायलाई राजीनामा गर्न निर्देशन

प्रदेश २ को सरकार नेकपा एकीकृत समाजवादी पार्टीलाई सामेल गराउने तयारी भएको छ। सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने बताइएको छ।

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी हुँदै

जनकपुरधाम। प्रदेश २ को सरकार नेकपा एकीकृत समाजवादी पार्टीलाई सामेल गराउने तयारी भएको छ। सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने बताइएको छ। जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको थियो। जसअनुसार मुख्यमन्त्री राउतले सरकारबाट एक जना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन्। मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। स्रोतकारअनुसार मन्त्री रायले भोलि सम्ममा राजीनामा दिने तयारी गरेको बताइएको छ।

मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई राजीनामा दिन भनेका थिए। तर उनले आफू राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएको बताएका थिए। त्यसपछि उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको बताइएको छ।

उद्योग मन्त्री रायले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता शत्रुधन महतोलाई मन्त्री बनाइने भएको छ। त्यसैगरि सामाजिक विकास मन्त्रालयले अहिले हेर्दै आएको शिक्षा क्षेत्रको जिम्मेवारी छुट्टाएर छुट्टै शिक्षा मन्त्रालय समेत थपिने तयारी गरिएको श्रोतले जनाएको छ।

दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने नेकपा (एस)बाट संसदीय दलका नेताका समेत रहेको शत्रुधन महतोलाई उद्योग, पर्यटन तथा वन मन्त्री बनाइने र शिक्षा मन्त्रीमा कसलाई दिने भने अहिले टुङ्गो नलागेको बताइएको छ। सोमवार साँझसम्म यी सबै कुराको टुङ्गो लागे सोही राती वा मंगलबार नव नियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved