आइपुग्यो हैजाविरुद्ध साढे दुई लाख डोज खोप

आइतबारदेखि नै कपिलवस्तुका पाँच नगरपालिकामा वितरण गरिनेछ।

नेपालभ्युज

आइपुग्यो हैजाविरुद्ध साढे दुई लाख डोज खोप

काठमाडौं। हैजाविरुद्ध साढे दुई लाख खोप नेपाल आइपुगेको छ।

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले प्रभावित क्षेत्रका स्थानीयका लागि खोप मगाएको थियो। दुई लाख ५२ हजार तीन सय ६३ डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए।

ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहायतामा कतार एयरवेजमार्फत तीन बजे काठमाडौं आइपुगेको हो।

पौडेलका अनुसार आउँदो आइतबारदेखि नै कपिलवस्तुका पाँच नगरपालिकामा खोप वितरण गरिनेछ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा १८ असोजदेखि फैलिएको हैजाका कारण हालसम्म ६ जनाको निधन भइसकेको छ भने एक हजार तीन सय ६४ जना संक्रमित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved