कांग्रेस केन्द्रीय समितिको बैठक

न्यायालयको विषयमा मौन नरहन केसी र थापाको माग

“पार्टीले न्यायसम्पादनमा हस्तक्षेप गर्न नमिल्ने हो तर, यो विवादले न्यायसम्पादनमै असर पुर्‍याइरहेकाले हामी मौन बस्न मिल्दैन भनेर उहाँहरूले धारणा राख्नुभयो।”

नेपालभ्युज

न्यायालयको विषयमा मौन नरहन केसी र थापाको माग

काठमाडौँ। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई नेताले न्यायालयको विषयमा पार्टी मौन रहन नहुने धारणा राखेका छन्। पूर्वमहामन्त्री अर्जुननरसिंह केसी र नेता गगन थापाले त्यस्तो धारणा राखेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

“पार्टीले न्यायसम्पादनमा हस्तक्षेप गर्न नमिल्ने हो तर, यो विवादले न्यायसम्पादनमै असर पुर्‍याइरहेकाले हामी मौन बस्न मिल्दैन भनेर उहाँहरूले धारणा राख्नुभयो”, घिमिरेले टेलिफोनमा बताए।

२७ कात्तिकमा सम्पन्न कांग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको विषयमा पार्टीको औपचारिक धारणा माग्दा सभापति शेरबहादुर देउवाले विषय पन्छाउँदै महाधिवेशनमा केन्द्रित हुन भनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved