विवेकशील साझाले अरू साना दुई दलसँग एकता गर्ने

नेपालभ्युज

विवेकशील साझाले अरू साना दुई दलसँग एकता गर्ने

काठमाडौं। वैकल्पिक शक्ति निर्माणको उद्घोषसहित राजनीतिमा होमिएका रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ।
विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र, कार्यकारी अध्यक्ष रवीन्द्र मिश्र नै रहने विवेकशीलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विवेकशील साझाद्वारा जारी विज्ञप्तिअनुसार सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह र २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।
सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुने बताइएको छ। यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved